नरिवलको तेल : गर्मीको समयमा धेरैजसो मानिसहरु महंगो ब्राण्डको सनस्क्रीन को प्रयोग गर्ने गर्दछन् । तर घामका कारण छाला डढीसकेको अवस्थामा नरिवलको तेलको प्रयोग गर्नाले छालाको रंगमा केही सुधार आउछ ।

तेलमा थोरै कपुर मिसाएर लगाउनाले पनि डढेको छालालाई फाईदा गर्दछ ।

आलुको बोक्राको प्रयोगले छालामा ब्लीचको काम गर्नुका साथै कालो छालाको रंगमा सुधार ल्याउने काम गर्दछ ।

धिउकुमारीको जेल : धिउकुमारीको जेलको प्रयोगले छालाको रातोपनालाई कम गर्नुका साथै घामले डढेको छालालाई तुरुन्त राहत दिन्छ ।

काँक्रो वा कागतिको रस : काँक्रोको रसलाई एक कप जति राखेर कागतिको रस मिलाएर घामले डढेको छालामा लगाएर १० मिनेट जति आराम गर्नुहोस् । यस्तो प्रकारको प्रयोगले छाला कालो भएको समस्या तुरुन्त समाधान गर्दछ ।

बेसार र कागती : दुधमा दुई चम्मच बेसार मिसाएर घामले डढेको स्थानमा लागाएर दुई देखि तिन घण्टा त्यत्तिकै छोड्नुहोस् । त्यसपश्चात मनतातो पानीले धुनुहोस् ।

यस्तो प्रकृया दैनिक रुपमा गर्नाले डढेको छालामा सुधार आँउछ ।

मुसुरोको दाल र दही : मुसुरोको दालमा दही मिलाएर घामले डढेको छालामा त्यसको लेप लगाउनाले छालाको समस्या समाधान हुन्छ ।

मुल्तानी माटो : मुल्तानी माटो पनि डढेको छालालाई राहत पुग्ने काम गर्दछ । यस्तो माटोमा नरिवल पानी अथवा चिनि राखेर पेष्ट बनाएर डढेको छालामा लगाउनाले राहत मिल्छ ।

यसरी लगाएको लेपलाई केही समयपछी चिसो पानीले धुनुहोस् ।

LEAVE A REPLY