आज चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) की छोरी सुबियानी कट्टेलको जन्मदिन परेको छ।

२०७२ साल फागुन ३० गते जन्मिएकी सुबियानी आजबाट २ वर्षकी भईन । कुञ्जनाले आज बिहान ९ बजेर २५ मिनेट जादा आफ्नी प्यारी छोरी सुबियानीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएकी छिन्।

उनले छोरी सुबियानीसँगको धेरै फोटोहरु जोडेर बनाइएको एक फोटो सार्वजनिक गर्दै यस्तो लेखेकी छिन्, “तिम्रो आगमनले परिवारले पूर्णता पाएको दिन आज, तिम्रो आगमनले आमा शब्दको नाम अनि मातृत्वको महसुस गराएको दिन आज, तिम्रो आगमनले बाबाले थाम जिम्मेवारी बढाएको दिन आज, बाबाकी प्यारी छोरी नक्कली मोरी तिमीलाई जन्मदिनकू धेरै धेरै शुभकामना…. धेरै माया तिमीलाई स्विटी”

साथै सुबियानीका अङ्कल अर्थात् कुमार कट्टेल “जिग्री” ले पनि सुबियानीसँगको तस्विर राख्दै जन्मदिनको शुभकामना दिएका छन्। जिग्रीले फोटो सहितको स्टाटसमा यस्तो लेखेका छन् , “हाम्री प्यारि छोरी सुबियानी कट्टेललाई जन्मदिनको धेरै धेरै शुभकामना !! ह्याप्पी बर्थ डे छोरी

LEAVE A REPLY