काठमाडौं : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाले २१ तोपको सलामी दिएको छ।

बुधबार साँझ सुन्धारास्थित आर्मी मुख्‍यालयमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको हो।

यसअघि राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहणमा विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथ गोपनीयताको सपथ लिएकी थिइन्।

सपथ कार्यक्रममा प्रधानन्यायाधीशसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बहालवाला मन्त्रीहरू, पूर्वमन्त्री हरु, प्रति निधिसभा का सभामुख, राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष, सासदहरु, कुटनीतिक निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित थिए।

LEAVE A REPLY