बलिउडमा अहिले आमिरखान र अमिताभ बच्चन स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को निकै चर्चा भइरहेको छ । यो फिल्ममा पहिलो पटक दिग्गज कलाकार एकसाथ काम गरिरहेका छन् ।

फिल्मको सुटिङ अहिले धमाधम भइरहेको छ । पछिल्लो समय फिल्मबाट आमिर र अभिताभ दुवैको लुक लिक भएको थियो ।

फिल्ममा अमिताभ र आमिर दुवै फरक लुकमा देखिएका छन् । जो निकै अचम्म लाग्दो छ । अमिताभको लुक झट्ट हेर्दा चिन्न मुस्किल हुन्छ । तस्विरमा अमिताभले एक आँखा छोपेका छन् ।

अहिले फिल्मको सुटिङ जोधपुरमा चलिरहेको छ । र अमिताभ बिरामी भएको खबर समेत आएको थियो । फिल्ममा आमिर अमिताभसँगै कटरिना कैफ र फातिममा सना शेख समेत छन् ।

फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन गरिरहेका छन् । एजेन्सी

LEAVE A REPLY