राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गरिएको छ ।

न्याय परिषद सचिवालयले शीतल निवास पुगेका पराजुलीलाई पदमा नरेहेको भन्दै पत्र थमाएको हो ।परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा उहाँको २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।

पत्रमा ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४ साउन २१ गते नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४ फागुन ३० गतेको सचिवस्तरिय निर्णयअनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु’ भनिएको छ ।

पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट प्राप्त पत्रको आधारमा समेत निर्णय लिइएको उल्लेख छ ।

LEAVE A REPLY