काठमाडौं । युएस बंगला विमान दुर्घटनामा पुन:जन्म पाएकी एक बंगलादेशी युवती (अल्मुन नहर एन्नी) यति बेला अस्पतालको बेडमा छटपटाई रहेकी छिन् । भाग्यबस उनि त बाच्न सफल भईन तर दुर्भाग्य उनका सानी छोरी र श्रीमान भने गुमाएकी छिन् ।

उपचार कक्षमा उपचार भैरहेको उनको अनुहारमा घाउको पिडा भन्दा पनि आफ्नो मुटुको टुक्रा सानी छोरि र जीवनसाथी श्रीमानलाई गुमाउदाको पिडा असैया भएको छ ।

नेपालको बारे उनले सुनेकी थिइन् । नेपाल सुन्दर स्वर्गको टुक्रा जस्तै मनोरम छ । बुद्धको देश, सगरमाथा, हरियाली अनि मन्दिरहरुको देश नेपाल घुमेर आउने योजनाले एक हप्ताको लागि परिवार र साथीहरु सहित बंगलादेशबाट काठमाडौँको लागि उडेको विमान सोमबार विमान स्थल मै आएर दुर्घटनाग्रस्त हुन पुग्यो ।

स्वर्गको देश घुम्नु जान्छु भनेर आएका ति पर्यटक युवतीलाई के थाहा उनीहरुको लागि नर्क बन्न पुग्छ भनेर ।

काठमाडौँको सिनामंगलस्थित मेडिकल कलेजमा बेड नम्बर ४०७ उपचारार्थ युवती(एन्नी) भावविह्योल अवस्थामा एकोहोरो हुदै रुदै कराउदै चिच्याई दिनभरी रहिन।

श्रीमान(एफएच प्रिओक) र छोरी (तमार्रा प्रिओन मोयी) को बेखबरले उनलाई आफु बाचेर पनि मर्यतुल्य बनाएको भाव प्रस्टै देखिन्थ्यो । उनको रोदनले वरिपरिको वातावरण सन्नाटा छाएको थियो ।

भिडियो :


LEAVE A REPLY