सोमबार पहिलोपटक नेपालमा उडान गरेर आएकी बंगला एयरलाइन्सकी को-पाइलट पृथुला रसिद जसले नेपालको भुमिमा टेक्न नपाउदै संसार छोडिन।

पहिलोपटक नेपालमा फ्लाइट भएकै कारण उनि निकै उत्साहित थिइन्। तर उनको उत्साह केहि घण्टा पनि टिकेन। पृथुला चलाएको जहाज काठमाडौँको धावनमार्गमा यसरी पछारियो कि अब पृथुला यो संसारमा कहिले नफर्किने गरि गईन् ।

पृथुलाले सन् २०१६ को जुलाईमा युएस बंगलामा आफ्नो करियर सुरु गरेकी थिइन् । बंगलादेशको नर्थ साउथ युनिभर्सिटीबाट उडान सम्बन्धी पढाई सकेपछि उनले फस्ट अफिसरका रुपमा युएस बंगला एयरलाइन्समा जागिर सुरु गरेकी थिइन् ।

बंगलादेशको आकाशमा डेढ बर्ष बिताएकी पृथुलाले एशिया र अमेरिकाका आकाशमा कोपाइलट भएर जहाज उडाइन् । धावनमार्गबाट घाइते अबस्थामा उद्दार गरिएकी पृथुलाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ज्यान गयो ।

LEAVE A REPLY