Killer

सूर्यलाई सबै ग्रहको राजा मानिन्छ। जब सूर्य एक राशिबाट कुनै अर्को राशिमा जान्छ तब व्यक्तिको जीवनमा गहिरो प्रभाव पर्दछ। सूर्यले हरेक महिना आफ्नो राशि परिवर्तन गर्दछ।

भोलि १४ मार्च २०१८ मा २३ बजेर ५७ मिनेटमा सूर्य कुम्भ राशि छोडेर मीन राशिमा गोचर गर्नेछ। सूर्यको राशि परिवर्तनबाट सबै राशिहरुमा यस्तो प्रभाव पर्नेछ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):-सूर्य तपाई राशिबाट १२ औँ भावमा प्रवेश गर्नेछ जस कारण मेष राशि मानिसहरुको शुभ दिन सुरुवात हुनेछ। विदेश यात्राको योग बनेको छ। आम्दानीको श्रोतमा वृद्धि हुनेछ। नोकरी/जागिरमा नयाँ प्रस्ताव आउँन सक्छ। सूर्यको प्रभावले विरोधीहरु माथि जित हासिल गर्न सक्नुहुन्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):-सूर्य तपाईको राशिमा ११ औँ भावमा परिवर्तन हुनेछ। यस प्रभावबाट अचानक लाभ मिल्न सक्ने सम्भावना छ। भूमि सम्झौताबाट लाभ उठाउन सक्नुहुन्छ। तथापि, स्वास्थ्यको विषयमा तपाईको अवस्था राम्रो हुदैन।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):-तपाईको राशिमा सूर्य १० औँ भावमा हुनेछ। सूर्यको प्रभावबाट तपाईको मान-सम्मानमा बढोत्तरी हुनेछ। बीचैमा रोकिएका कामहरु पूरा हुनेछ। जागिरमा पदोन्नति हुन् सक्ने प्रबल सम्भावना छ। व्यापार गर्ने मानिसहरुलाई फाईदाको योग रहेको छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):-सूर्य तपाईको राशिमा ९ औँ भावमा गोचर हुनेछ। धार्मिक कार्यहरु प्रति तपाईको झुकाव बढ्नेछ। यद्यपि पिता र पुत्रको बीच तनावको वातावरण सिर्जना हुन् सक्छ। आयमा वृद्धि हुने प्रबल संकेत छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):-सूर्य तपाईको राशिमा ८ औँ भावमा प्रवेश गर्नेछ। जसको कारण अनावश्यक विवादमा फस्नुहुन्छ र खर्चको कारण आर्थिक कठिनाईको सामना गर्नुपर्छ। कार्यक्षेत्रमा यस राशिका मानिसहरुले धेरै प्रकारका चुनौतीहरुको सामना गर्नुपर्छ। कुनै ठाउँबाट थप आम्दानी हुन् सक्छ जसको कारण तपाईको आर्थिक स्थितिमा सुधार हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):-सूर्य तपाईको राशिको सातौं भावमा रहनेछ। कन्या राशिको लागि सूर्यको यो परिवर्तन कष्टदायक साबित हुनेछ। आफ्नो रिसलाई नियन्त्रणमा राख्नुहोला। आर्थिक नोक्सान हुन् सक्ने भय तपाईमा हुन् सक्छ। त्यसकारण सम्झौता या बिजनेस डिल गर्ने समय सावधान रहनुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):-कन्या राशि जस्तै सूर्यको यस राशि परिवर्तन तुला राशिका मानिसहरुलाई पनि अशुभ रहनेछ। स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरु आउन सक्छ। यस समय कुनै अदालती मामिलामा फस्न सक्नुहुन्छ। तर यी सबैको बाबजुद पनि तपाई आफ्नो विरोधीहरुलाई परास्त गर्नमा सफल हुनुहुनेछ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):-सूर्यको यस राशि परिवर्तनले वृश्चिक राशिका मानिसहरुमा सकारात्मक प्रभाव पर्नेछ। आयमा वृद्धि हुनेछ र प्रभावशाली मानिसहरुसँग सम्बन्ध बनाउने सुवर्ण अवसर प्राप्त गर्नुहुनेछ। सरकारी नोकरी गर्ने मानिसहरुको पदोन्नति र विदेश यात्राको योग बनेको छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):-सूर्य तपाईको राशिमा चौथो भावमा गोचर गर्नेछ। जसको कारण धनु राशिका मानिसहरुलाई लाभ मिल्ने अत्यधिक छ। धनु राशिका मानिसहरुलाई जमिनबाट फाईदा मिलन सक्छ। आय बढ्ने सुअवसर छ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):-मकर राशिमा सूर्यको यस राशि परिवर्तन तेस्रो भावमा गोचर गर्नेछ। यस गोचरले शारीरिक कष्ट दिनेछ। कुनै ठुलो दुर्घटना हुन् सक्ने सम्भावना छ। तथापि, सूर्यको प्रभावले समाजमा तपाईको मान-सम्मान बढ्नेछ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):-सूर्य तपाईको राशिको दोस्रो भावमा गोचर गर्नेछ। यस राशिका मानिसहरुलाई आफ्नो घनिष्ठ मित्र र आफन्तजनको सहयोगबाट अधिक आर्थिक लाभ मिल्न सक्ने योग छ। यस राशिका मानिसहरु करिब एक महिनाको लागि कुनै पनि प्रकारका विवादबाट टाढै रहनु उत्तम हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):-सूर्य यस राशिमा गोचरमा हुदाँ विभिन्न समस्याहरु सिर्जना हुनेछ। आर्थिक नोक्सानको साथ-साथै स्वास्थ्य अवस्थामा पनि खराबी देखिन थाल्छ। पूरा हुन् लागेको काम बिग्रन सक्छ त्यसैले विशेष सावधानी अपनाउनुहोला।

LEAVE A REPLY