पछिल्लो केहि दिनयता केही व्यक्तिहरुले फेसबुकमा हरियो रंगको चन्द्रमाको तस्वीर पोस्ट गरिरहेका छन् । दाबी गरिएअनुसार २० अप्रिलमा चन्द्रमा हरियो रंगको हुनेछ, किनकि यस दिन सोलर सिस्टम सातौं ग्रह वरुण (यूरेनस) धर्तीको चन्द्रमा नजिक पुग्नेछ ।

साथै यो पनि भनिएको छ कि यो यो दुर्लभ संयोग पुरै ४ सय २० वर्ष पछि बन्ने भएको छ । तर सत्य यो हो कि चन्द्रमा हरियो हुने कुरा एक हल्ला मात्र हो ।

वास्तवमा, यस ‘ग्रीन मून’ को झूटो दावी २०१६ सालमा भएको थियो। जब २९ मेमा चन्द्रमा हरियो हुने भनिएको थियो । त्यस रात यस्तो केहि पनि भएको थिएन ।

यस पटक पनि यस्तो केहि हुनेछैन । त्यसैले, यदि तपाइको कुनै साथीले यस्तो हल्ला फैल्याउदै छ भने उसलाई सत्यता ज्ञात गराउनु होला ।

हल्ला अनुसार यस्तो घटना ४२० वर्षपछि हुन् गईरहेको छ । तर सत्यता भने ‘४२०’ एक कोड हो जसको मतलब ‘भांग’ (गाजा) हुन्छ ।

चरेस-गाजाको सेवन गर्ने व्यक्तिहरु २० अप्रिलमा ‘विशेष भांग-धूम्रपान दिन’ को रुपमा मनाउने गर्दछन् । त्यसैले हरियो चन्द्रमा हुने कुरा गलत भएको र यसको पछि नलाग्न आग्रह रहेको छ ।

LEAVE A REPLY