श्रीदेवीको मृत्युको कारण हृदयाघात नभइ कार्डियाक एरेस्ट रहको डाक्टरले बताएका छन् । नियमित एक्सरसाइज र खानपानमा ध्यान दिने उनलार्इ सामान्यतया यस्तो हुन नपर्ने राय पनि उनको उपचारमा संलग्न डाक्टरको छ ।

उनीहरुले बताइरहेका छन् कि उनलार्इ अरु कुनै स्वास्थ्य समस्या पहिलेदेखि नै हुनपर्छ। सामान्यतया हृदयघात र ‘सडेन कार्डियाक एरेस्ट’लाई एउटै अर्थमा बुझिन्छ। तर, यी दुवैको अर्थ एउटै होइन ।

हृदयाघात भनेको मुटुमा आउने समस्या हो भने कार्डियाक अरेस्ट भनेको मुटुको चाल बिग्रिनु हो। हृदयाघात भएपछि मुटुको चाल बिग्रिने सम्भावना उच्च रहन्छ।

हृदयाघात भएकाहरुको पहिलो एक घन्टादेखि २४ घन्टासम्म जुनबेला पनि मुटुको चाल बिग्रेर मृत्यु हुन सक्छ । तर, मुटुको चाल अन्य कारणले पनि बिग्रिन सक्छ।

मुटुको चाल बिग्रिनु अर्थात् कार्डियाक एरेस्ट हुनुमा उच्च रक्तचाप, जन्मजात मुटुरोग, मुटु चल्दाचल्दै रोकिने समस्या, शरीरमा पोटासियमको कमी आदि पनि हुन सक्छन्।

कतिपयको पौडी खेल्दाखेल्दै मृत्यु हुने र मुटुको मांसपेशी मोटो भएकाहरुको एक्सरसाइज गर्दागर्दै पनि ज्यान जाने गरेको पाइएको छ। यसलाई सर्वसाधारणले हृदयाघात बुझे पनि ‘कार्डियाक एरेस्ट’ हो।

मुटुको चाल असाध्यै बिग्रिनुलाई चिकित्सकीय भाषामा ‘भिटिएफ’ भनिन्छ। यस्तो हुँदा रक्तचाप शून्य हुन्छ। रक्तचाप शून्य भएमा २ देखि पाँच मिनेटभित्रमा बिरामीको मृत्यु हुने गर्छ।

बिरामी अस्पतालमै भए समयमै पहिचान गरेर जोगाउन सकिन्छ। नत्र संभावना कम हुन्छ । कार्डियाक एरेस्ट हुने महत्वपूर्ण एउटा कारण भने हृदयाघात नै हो।

हृदयाघात भएको मान्छेलाई अस्पताल पुर्याइयो भने सडेन कार्डियाक एरेस्ट हुन नदिन डाक्टरले पहल गर्छन् । किनभने हृदयाघात भए पनि मुटुको चाल बिग्रिने सम्भावना उच्च हुन्छ।

पहिलो एक घन्टा र २४ घन्टामा चाल बिग्रिने सम्भावना हुन्छ। तर, श्रीदेवीको हृदयाघात नभइ सडेन कार्डियाक एरेस्ट भएको हो । त्यस्तो भएको केही समयमै उनको ज्यान गइसकेको थियो ।

LEAVE A REPLY