काठमाडाैँ । जनजाति नेता अाङकाजी सेर्पाले इतिहास नै गलत लेखिएकाे भन्दै पाैष २७ गतेकाे पृथ्वी जयन्तीलार्इ एकताकाे दिवस मनाउन नहुने तर्क गरेका छन् ।

पृथ्वीनारायणलार्इ थुकेकाे विषयलार्इ लिएर चाैतर्फी अालाेचना खेपिरहेका नेता सेर्पाले पृथ्वीनारायण शाहले गाेरखा राज्य बिस्तार गरेकाे हजाराैँ मान्छेकाे हत्या गरेकाेले उनकाे जन्मदिन मनाउनु गलत भएकाे बताए ।

”शाहले १२ धार्नी मानिसहरूकाे नाक कान काट्ने जस्ताे अमानवीय काम गरेका छन्, यहाँ इतिहास नै गलत लेखियाे नाक कान काटेकाे कुरा उल्लेख छैन जित्नेहरूले लेखेकाे इतिहासमा हार्नेहरूकाे कुरा हुँदैन । पृथ्वीनारायणकै कारण अाज अादिवासी जनजातिहरू पछाडि पर्नुपरेकाे हाे,” उनले भने ।

नेता सेर्पाले अाफू बाहुन बिराेधी नभएकाे समेत दाबी गरे । म बाहुन क्षेत्री कुनै जाति विशेषकाे बिराेधी हाेइन । ब्राह्मणबादी शासन सत्ताकै कारण जनजातिहरूले कार्यकारी अधिकार सहितकाे नेतृत्व पाउन नसकेकाे उनकाे भनार्इ छ ।

सामाजिक सञ्जालहरूमा भैरहेकाे गलत टिकाटिप्पणीले आफुलाई कुनै असर नपर्ने समेत उनले बताए ।

हेराैँ बिगुल न्यूजकर्मी सराज दाहालले अाङकाजी सेर्पासँग गरेकाे कुराकानीकाे पूरा भिडियाे :

LEAVE A REPLY