काठमाडौं : नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यसअघि २०६५ सालमा रक्षामन्त्री भएको थियो । २०६४ को संविधानसभा चुनावमा बादल चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका बादल अहिले भने राष्ट्रियसभा सदस्य हुन ।

दोस्रो संविधानसभाको चुनावमा माओवादीमा आएको फुटका कारण बादलको तत्कालीन पार्टीले चुनाव बहिष्कार गरेको थियो ।

उनले मोहन वैद्य नेतृत्वको माओवादीमा रहेर चुनाव बहिष्कार गरेको थियो । तर अघिल्लो वर्ष उन ले प्रचण्डसँग एकता गरेको थियो ।

एकता भएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र बनेको हो । एमालेसँगको जारी एकतामा पनि बादलको महत्वपूर्ण भूमिका छ ।

उनलाई राष्ट्रियसभाको सदस्य बनाउने प्रस्ताव एमाले नेताले नै राखेका हुन् । बादललाई राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी भए पनि उन ले मन्त्रीमा इच्छा देखाएको हो ।

राष्ट्रियसभामा बादलको जित अनिश्चित बनेपछि एमालले आफ्ना उम्मेदवार बेदुराम भुषालको उम्मेदवारी फिर्ता लिएको थियो ।

रामबहादुर थापा बादल माओवादी जनयुद्धका प्रमुख रणनीतिकार पनि हुन् । उन ले तत्कालीन सोभियत संघबाट उच्च शिक्षा हासिल गरेको हो ।

२०६५ सालमा थापा रक्षामन्त्री भएकै बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन प्रधान सेनापति रुक्मांगद कटुवालबीचको विवाद चरम उत्कर्षमा पुगेको थियो ।

LEAVE A REPLY