गणतन्त्र दिवसको अवसरमा पर्यटकलाई पदमार्ग साइनबोर्ड राख्दै जिरीका युवाहरु (फोटो फिचर)

दोलखा : आज गणतन्त्र दिवसको दिन देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै गर्दा दोलखा स्थित जिरी नगर पालिका वडा ४ का युवाहरुले गणतन्त्र दिबसको अबसरमा भर्खरै स्थापना भएको यु. एफ. सी. युनिटी फर चेन्ज युथ ल्कव (UFC-UNITY FOR CHANGE YOUTH CLUB) ले जिरी बाट नाम्चे जाने पदमार्गमा पर्यटकहरुलाई सहजताको लागी साइनबोर्ड राख्ने कार्य सम्पन्न गरेको छ।

आगमि दिन हरुमा अन्य ठाउमा पनि यो कार्यलाई निरन्तरता दिईने र जीरी नगरको बिकास,प्रचार कार्यमा जोड दिने उद्देश्य यस क्लव को रहेको क्लवका अध्यक्ष हिरा बहादुर जिरेलले बताए |

क्लवका कार्यसमितिहरु निम्न रहेका छन :

अध्यक्ष : हिरा बहादुर जिरेल

कोषाध्यक्ष : दिपक जिरेल

सचिब -सरोज जिरेल

सदस्य – अनिल जिरेल,लाक्पातेन्जी शेर्पा, धन जिरेल,शर्मिला जिरेल, सिता जिरेल,बिष्नु जिरेल

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*